जेष्ठ २, २०८२ बिहीबार

जाजरकोट भूकम्प : प्रति मृतक २ लाखका दरले परिवारलाई राहत दिइने

काठमाडौं । सरकारले जाजरकोट भूकम्पबाट मृतकका परिवारलाई प्रतिमृतक दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जलीसहित शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार सरकारले भूकम्पमा परी घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको छ । प्रभावित परिवारलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको छ ।

सरकारले छिमेकी देशसहित दातृ निकायबाट औपचारिकरूपमा प्राप्त हुने सहयोगलाई स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा मात्रै १५७ जनाको मृत्यु भइसकेको छ छ भने डेढ सयभन्दा धेरै घाइते उपचाररत छन् ।

प्रकाशित मिति : कार्तिक १९, २०८० आईतबार  १ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]