जेष्ठ २७, २०८२ सोमबार

सूचनाको हक प्रयोग गरेर सूचना माग्नुहोस् : आयुक्त ओली

बिर्तामोड । राष्ट्रिय सूचना आयोगको सूचना आयुक्त कमला ओली थापाले उत्तरदायी, पारदर्शी र जवाफदेहीका लागि सूचनाको हक प्रयोग गर्नुपर्ने बताइन् । बिर्तामोड नगरपालिकाले आइतवार आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रियामा सूचना आयुक्तले सूचनाको हक प्रयोग गरेर हरेक क्षेत्रलाई जवाफदेही बनाउनुपर्ने बताइन् ।

नेपालमा सूचनाको हकको अभ्यासले मात्रै सुशासन स्थापित हुने बताउदै उनले हरेक नागरिकले सूचनाको हक प्रयोग गर्न आग्रह गरिन् । संविधानले मौकिल हकको रुपमा व्यवस्था गरेको सूचनाको हकको प्रयोग गरेर सरकारी र सार्वजनिक सरोकाराको क्षेत्रलाई उत्तरदायी, पारदर्शी र जवाफदही बनाउन सकिने उनको धारणा थियो । विश्वमा प्रजातान्त्रिक मुलुकहरुमा मात्रै सूचनाको हकको कार्यान्वयन भएको उनको भनाई थियो । पछिल्लो समय नेपालमा सूचनाको हकको प्रयोग बढिरहेको भन्दै उनले झापाबासीलाई सूचनाको हकको प्रयोग बढाउन आग्रह गरिन् ।

अन्तरक्रियामा सूचना आयुक्तले नेपालमा सूचनाको हकको सुरुवात, प्रयोग र प्रयोगका तरिका बारे जानकारी गराएकी थिइन् । जनप्रतिनिधि, स्थानीय संघ संस्थाहरुको सहभागितामा आयोजित कार्यक्रममा उनले सूचनाको हकको प्रयोग गरेर सामाजिक योगदान समेत गर्न सकिने धारणा राखिन् ।

कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले सूचनाको हकको प्रयोग गरेर सूचना माग गर्ने सबैलाई सूचना उपलब्ध गराइरहेको जानकारी दिइन् । उनले विना आधार बोलेर स्थानीय सरकारको बद्नाम गर्नुको सट्टा सूचना, तथ्यका आधारमा बोल्नुपर्ने बताइन् । उनले सूचनाको हक बमोजिम सूचना माग गरे सबैलाई सहजै सूचना दिने प्रतिवद्धता जनाएकी छन् ।

यस्तै, नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सूचनाको हकको अझै पनि नागरिकहरुले प्रयोग गर्न नसकेको बताए । उनले यसको तल्लो तहसम्म सिकाई हुन नसकेको भन्दै नगरले जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना जानकारी दिए । सूचनाको हक नागरिकको हकको मौलिक भएकाले त्यसको व्यवहारिक प्रयोग गर्न आग्रह समेत गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले सूचनाको हकको सन्दर्भमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : कार्तिक २०, २०८० सोमबार  १० : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]