जेष्ठ २७, २०८२ सोमबार

बिर्तामोडको बुट्टाबारी-प्याकुरेल सडक स्तरोन्नतिको काम तीब्र

बितामोड । झापाको बिर्तामोड नगरपालिकामा निर्माणधिन बुट्टाबारी–प्याकुरेल सडक खण्डको स्तरोन्नतिको काम तीब्र गतिमा अघि बढेको छ । बिर्तामोड नगरपालिकाको नगर गौरव आयोजना अन्तरर्गत रहेको नमूना सडक निर्माणलाई तीब्रता दिइएको छ ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेसहितको टोलीले सोमवार सडकको निर्माण प्रगति अनुगमन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार सडक निर्माणको काम हालसम्म ६ प्रतिशत पुरा भइसकेको छ । शिलान्यास भएपछि वर्खायाम बाहेक उक्त परिमाणमा काम भएको हो । अहिले सो सडक क्षेत्रमा डे«न तथा कल्भर्ट निर्माणको काम भइरहेको छ । न्यौपानेले सडक क्षेत्रमा सक्रिय ढंगबाटै काम भइरहेको जानकारी दिए ।

वडा नं. ६,७ र ८ मा पर्ने सडक ६.२ किलोमिटरको हुनेछ । ५१ करोड २९ लाख ६१ हजार ३ सय ७२ रुपैयाँ (भ्याट र पीएस समेत ) लागतमा ठेक्का सम्झौता भएको सडक ०८१ मंसिर १६ मा सम्पन्न गर्नुपर्नेछ । विश्व बैंकको लगानीमा ग्लोवल टेण्डर मार्फत ठेक्का पाएको आरपी–साप–समता जेभीले कामलाई धमाधम अघि बढाएको जनाएको छ ।

अन्तराष्ट्रिय स्तरको सो कालोपत्रे सडकमा दुवैपट्टि सडकबत्ती, गार्डेन र फुटपाथ रहने छ । सडकखण्डमा ६२९ वडा सडक बत्ती राखिने छ भने दायाँ बायाँ १ हजार ३५० वटा बिरुवासमेत रोपिने छ । सडकमा २० वटा कल्भर्ट र ८० वटा जेव्राक्रस रहनेछन् ।

नगर उपप्रमुख संग्रौलाले सडक निर्माणको काम समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् । उनले निर्माण व्यवसायीलाई कामलाई थप तीब्र बनाउन आग्रह गरे । उनले सडक निर्माणले सो क्षेत्रको जीवनलाई माथि उठाउन सहयोग गर्ने बताए ।
स्थानीयबासीले सडक निर्माण सुरु भएपछि खुशी व्यक्त गरेका छन् । उनीहरुले सडक निर्माणको क्रममा हुने संरचनागत अवरोधहरु समेत हटाएर सहयोग गरिरहेको निर्माण पक्षको भनाई छ ।

उक्त सडकको नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईले गत जेठ २ गते शिलान्यास गरेकी थिइन् ।

 

प्रकाशित मिति : कार्तिक २०, २०८० सोमबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]