अनेरास्ववियु बिर्तामोडको अध्यक्षमा संग्रौला
बिर्तामोड । अनेरास्ववियु बिर्तामोड नगर कमिटीको तेस्रो अधिवेशनबाट अध्यक्षमा प्रज्वल संग्रौला निर्वाचित भएका छन् । बिर्तामोडमा शनिवार सम्पन्न अधिवेशनबाट संग्रौलाको नेतृत्वमा २१ सदस्यीय नयाँ कमिटी बनेको हो ।
कमिटीको उपाध्यक्षमा विधान भट्टराई, विद्या रेग्मी, सचिव निश्चल खनाल, सहसचिव सलिना पौडेल, अप्सन श्रेष्ठ, कुशुम घिसिङ तामाङ र कोषाध्यक्षमा तारा कार्की निर्वाचित भएका हुन् ।
यस्तै कमिटीको सदस्यहरुमा उज्वल संग्रौला, आदित्य प्रसाई, दिक्षा घिमिरे, प्रजेश प्रसाई, प्रशान्त श्रेष्ठ, दिक्षा संग्रौला, फडिन्द्र पाठक, सुनिता संग्रौला, अनिश श्रेष्ठ, पर्वत राजवंशी, प्रतिक खड्का, नेल्शन श्रेष्ठ र ईश्वर उप्रेती रहेका छन् ।
बिर्ता पार्टी प्यालेश बिर्तामोडमा भएको तेस्रो नगर अधिवेशनमा प्रमुख अतिथि संगठनका केन्द्रीय सचिव मनोज ताम्ली, नेकपा एमाले झापाका सचिव शिव ढुङगेल, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई र अनेरास्ववियुका जिल्ला अध्यक्ष बलराम गिरीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका अध्यक्ष सन्तोष तिम्सिनाले आफ्नो कार्यकालमा भएका काम र भावी योजनाबारेमा संक्षिप्त प्रतिवेशन प्रस्तुत गरेका थिए । उनले आफ्नो प्रतिवेदनमा बिर्तामोडका शैक्षिक समस्यालाई बुँदागत रुपमा उल्लेख गरेका थिए ।
कार्यक्रममा नेताहरुले नेपाली विद्यार्थीहरुलाई विदेश जाने, विदेश मै अध्ययन गर्ने र विदेशमै पलायन हुनबाट रोक्ने वातावरण बनाउनुपर्ने बताएका थिए ।