जेष्ठ ३, २०८२ शुक्रबार

झापामा प्रशोधित पानीको बिक्री घट्यो

बिर्तामोड । आर्थिक मन्दीका कारण पानी किनेर खानेको संख्या दैनिक घट्दै गइरहेको विक्रेताहरुले बताएका छन् । प्रशोधित पानीको (मिनिरल वाटर) विक्री घटेपछि उत्पादकहरुले पनि उत्पादन पनि घटाएको जानकारी दिए ।

झापा जिल्लामा सञ्चालित प्रशोधित पानी उत्पादकहरुले आर्थिक मन्दीको प्रभाव खानेपानीमा पनि देखिएको जानकारी दिएका छन् । आर्थिक मन्दीका कारण बाहिरी चलपहल घटेको छ , बिर्तामोडस्थित तृष्णा पानीका सञ्चालक हरि प्रसाईले भने – बाहिरी चहलपहल घटेपछि पानीको विक्री घटेको हो । करिव दुई दर्जन खानेपानी उधोग सञ्चालनमा रहेको झापामा यहि अवस्था रहे अर्को वर्षसम्ममा ५/७ वटा उधोग बन्द हुने अवस्थामा पुग्ने प्रसाईको भनाई छ ।

मेची पानी उत्पादक संघका अध्यक्ष समेत रहेका प्रसाईले करिव ५० प्रतिशत उत्पादन घटेको जानकारी दिए । उनले प्रशोधित पिउने पानीमा आर्थिक मन्दीको प्रभाव बढिरहेको बताए । होटल, रेष्टुराबाट पानी धेरै विक्री हुन्छ, उनले भने – मान्छेहरु विगतमा जस्तो होटलमा खानपान गर्न प्रवेश गरिरहेका छैनन् । होटलमा मान्छेको चाप घटेपछि पानीको खपत स्वतः घटेर गएको छ । झण्डै ८० प्रतिशत पानी होटल व्यवसायबाट विक्री हुने गरेको उत्पादकहरु बताउछन् ।
मन्दीले खपत घटेपछि उधोगहरु दैनिकहरु रुपमा चल्ने अवस्था नभएको बुझिएको छ । माग अनुसार हरेक दिन उधोग सञ्चालन गर्नुपरेको छैन, उनले थपे ।

अध्यक्ष प्रसाईका अनुसार जिल्लामा सिजनका बेला दैनिक ५ हजार कार्टुन पानी उत्पादन हुदै आएको थियो । त्यसमध्ये ४५ सय खपत समेत हुने गरेको थियो । अहिलेको उत्पादन अवस्था ४५ प्रतिशतले घटेको छ ।

झापामा तृष्णा, लाइफकेयर, लाइफलाइन, जिरो अक्वा, डालमिया, कावेल, समावेशी, कञ्चन, बेला, कनकाई, कनकाई अक्वा, शाश्वत, अक्वा मेरी, ओसिस, सुनमाई, ड्यू ड्रप, तृष्णा गोल्ड, जनता जल लगायतका पानी विक्री वितरण भइरहेका छन् ।

दमकस्थित बेला पानीका सञ्चालक चिरन प्रसाईले पनि पानी उत्पादन घटेको बताउँछन् । उनले बजारमा आर्थिक गतिविधि सुधार भए उधोगले उत्पादन पनि बढाउनुपर्ने बताए । आर्थिक मन्दीका कारण अन्य क्षेत्र सरह प्रभावित भएको भन्दै प्रसाईले सरकारले कतिपय नीतिहरु सच्याउनुपर्ने बताउँछन् । साना लगानी र ठुला लगानी दुवैखाले उधोग संरक्षणमा राज्य पक्ष सजग हुनुपर्ने उनको भनाई थियो । उनले गुणस्तर राम्रो भएका कारण बेला अन्य पानीभन्दा थोरै महंगो भएको जानकारी दिए ।

हरेक उधोगले न्यूनतम २० जनालाई रोजगारी प्रदान गरिरहेका छन् । झापामा अन्य जिल्लामा पानी आयात गर्नुपर्ने अवस्था नरहेको बताइएको छ ।

प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]