जेष्ठ २६, २०८२ आईतबार

इकमले हटायो ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह’ लेखिएको शिलालेख

बिर्तामोड । झापाको बिर्तामोड-१ स्थित इकम कलेजमा पूर्वराजा ज्ञानेन्द्र शाहले अनावरण गरेको पृथ्वीनारायण शाहको सालिकसँगैको शिलालेख फेरिने भएको छ । शिलालेख ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महराजाधिराज’ भनेर उल्लेख गरिएपछि विवादित बनेको थियो । सोही क्रममा शाहले कलेजको पनि उद्घाटन गरेका थिए ।

विवाद बढेपछि ‘श्री ५’ लेखेको शिलालेख हटाएर अर्को बनाउन अर्डर गरिएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले जानकारी दिए ।

नेपाल सरकारको नीति नियमबमोजिम दर्ता भई सञ्चालनमा रहेको इकमले राजतन्त्रको अन्त्य भएको १५ वर्षपछि शिलालेखमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह’ लेखेको भन्दै विरोध बढेको थियो ।

कलेजले राजतन्त्रकै हवाला दिने गरी शिलालेख बनाएर पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिमा उद्घाटन गरेको भनी बिर्तामोडका मेयरलगायत जनप्रतिनिधि कार्यक्रममा आएका थिएनन् । कलेजले पूर्वराजाको सचिवालयबाट प्राप्त फर्म्याटअनुसार शिलालेख तयार गरिएको बताएको थियो ।

झापाका सीडीओ शिवराम पोखरेलले हुँदै नभएको पद लेख्न नपाइने भन्दै तत्कालै मेटाउन लगाइने बताएका थिए ।

प्रकाशित मिति : मंसिर ११, २०८० सोमबार  ३ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]