जेष्ठ २६, २०८२ आईतबार

सुनको मूल्य अहिले सम्मकै उच्च

झापा । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार एक सय ५० कायम भएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार चार सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १६ हजार आठ सय ५० मा कारोबार भएको थियो । यसैगरी, प्रतितोला चाँदीको मूल्य रु एक हजार पाँच सय निर्धारण भएको छ ।

प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार  ६ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]