बैशाख २६, २०८२ शुक्रबार

जोगवनीमा नेपाली युवकमाथि गोली प्रहार

विराटनगर । मोरङमा नेपाल–भारत सीमामा एक युवकमाथि गोली प्रहार भएको छ । हिजो साँझ विराटनगर–१६ दशगजानजिकै भारतीय क्षेत्रमा अज्ञात समूहले युवकमाथि गोली प्रहार गरेका हुन् ।

उक्त घटनामा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते हुनुभएको छ । उहाँको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उहाँ खाद्य सामाग्री किन्न जोगबनी गएको भन्ने बुझिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २५, २०८० सोमबार  १० : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]