जेष्ठ १, २०८२ बुधबार

कांग्रेसले तेस्रो पटक सा¥यो महासमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले फेरि महासमिति बैठक सारेको छ । योसहित बैठक तेस्रो पटक सरेको हो । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन ७ देखि १० गते गर्ने निर्णय गरेको नेता रमेश लेखकले बताए ।

पुस १६ देखि १९ गतेसम्म बस्ने तय भएको बैठक सारेको हो । यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । तर, सो मितिमा गर्न नसकिने भन्दै सारेर पुस १६ देखि १९ सम्म पु¥याएको थियो ।

यसअघि पुसको जाडोमा जिल्ला–जिल्लाबाट सदस्य आउन गा¥हो हुने भन्दै फागुनमा बैठक सार्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार  ३ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]