एमालेकाे संकल्प यात्रा : आज पाँचथरको फिदिममा बृहत आमसभा गर्दै
काठमाडाैं । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत शनिबार १७औं दिनकाे यात्रा गर्दैछ ।
‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानकाे १७औं दिन पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे एमालेकाे टाेली तेह्रथुमबाट पाँचथर पुग्दैछ ।
अध्यक्ष ओलीकाे जन्मथलाे तेह्रथुमकाे संक्रान्ति बजारबाट १७औं दिनकाे यात्रा थाल्ने टाेली पाँचथरकाे फिदिम पुग्नेछ । पाँथथरकाे फिदिममा जनसभा आयाेजना गरिएकाे छ । साे जनसभालाई अध्यक्ष ओली लगायतले सम्बाेधन गर्नुहुने कार्यक्रम छ ।
संकल्प टाेलीले बिहीबार र शुक्रबार तेह्रथुममा बिताएकाे थियाे । अध्यक्ष ओलीकाे जन्मथलाेमा एमालेकाे समर्थनमा अभूतपूर्व सहभागिता थियाे । विशाल जनलहर उर्लिएकाे थियाे । सिंगाे जिल्ला निक्कै उत्साहित देखिएकाे थियाे ।