बैशाख २५, २०८२ बिहीबार

विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

मोरङ – शितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले एक सूचना जारी गर्दै यही माघ ३ गते बुधबारदेखि माघ ५ गतेसम्म तीन दिनसम्म सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।

चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधिमा कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई ध्यानमा राखी बिदा दिने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : माघ ३, २०८० बुधबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]