बैशाख २४, २०८२ बुधबार

दि लिटल प्रिन्स एण्ड प्रिन्सेसको ग्रान्डफिनाले सम्पन्न

बिर्तामोड । दि लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०२३ को उपाधि सिनियरतर्फ बेल्स मोडल स्कूल बिर्तामोडकी जियाना भट्टराई र तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कूल बिर्तामोडका दिवाकर ओलीले उचालेका छन् ।

जुनियरतर्फ तक्षशिला स्कूलकी साम्याङ सुहाङ र सहारा साकोस शिक्षा सदन चारपानेका निराजन बस्नेतले उचाले भने प्रि–जुनियरमा प्रिन्सेसतर्फ लिटल फ्लावर्स स्कूलकी साम्राज्ञी श्रेष्ठ र प्रिन्सतर्फ बिर्ता मोडल स्कूलका स्वराज यादव विजेता बनेका छन् ।

ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा शुक्रबार सम्पन्न प्रतियोगितामा फस्र्ट रनरअपमा सिनियरतर्फ निविदिता खड्का, विराज आचार्य, सेकेन्ड रनरअपमा सम्झना राजवंशी र प्रसिद्ध कोइराला विजेता बनेका थिए । जुनियरतर्फ फर्स्ट रनरअप सुप्रिया श्रेष्ठ र रेजुन दाहाल, सेकेन्ड रनरअप निजु पौडेल-श्रेयासी भट्टराई र प्रिन्सतर्फ रिहान मोहोली-सार्थक विमली बनेका छन् ।

प्रि–जुनियरतर्फ फर्स्ट रनरअप विलभानी भट्टराई र सहर्ष बाँस्कोटा, सेकेन्ड रनरअप सान्भी अग्रवाल र प्रयास घिमिरे विजेता बनेको ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर आशिम ज्वयल श्रेष्ठले बताए । उनले बालबालिकाको क्षमता विकास र अभिबृद्धिका लागि लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । प्रतियोगितामा अडियन्स चोइज अवार्ड साम्युहाङ सुहाङ र सान्भी अग्रवालले प्राप्त गरे भने सोसियल मल्टी मिडिया अवार्ड दिवाकर ओलीले उचालेका छन् ।

सबटाइटलमा सिनियर प्रिन्सेसतफनिविदिता खड्का ब्युटिफुल वाल्क, सम्झना राजवंशी मोस्ट कन्फिडेन्स र जियाना भट्टराई मोस्ट ग्लामरस अवार्ड जित्न सफल भए । त्यस्तै प्रिन्सतर्फ प्रसिद्ध कोइराला बेस्ट पर्सनालिटी, विराज आचार्य लिटल कङ्गनालिटी र दिवाकर ओलीले स्मार्ट वाल्क अवार्ड प्राप्त गरेका थिए ।

प्रिन्सेस जुनियरतर्फ सुज्ञानी पोखरेल ब्युटिफुल पर्सनालिटी, चाँदनी भण्डारी मोस्ट डिसिप्लिन, एन्जेलिका ताजपुरिया बेस्ट फन्डसिप, निजु पौडेल बेस्ट लिडरसिप, साम्युहाङ सुहाङ बेस्ट ट्यालेन्ट, सुप्रिया श्रेष्ठ ब्युटिफुल एक्स्प्रेसन, सेन्जल भट्टराई ब्युटिफुल वाल्क, निसुमा सुब्बा ब्युटिफुल फोटोजेनिक, श्रेयाषी भट्टराई मोस्ट इन्टेलिजेन्स अवार्ड प्राप्त गर्न सफल भए । प्रिन्सतर्फ अनुभव शिवाकोटी मोस्ट पपुलर अवार्ड, अलौकिक खड्का बेस्ट फन्डसिप, रेजुन दाहाल बेस्ट फोटोजेनिक, रियान मोहोली बेस्ट इन्टेलिजेन्स, निराजन बस्नेत मोस्ट हेन्डसम, रिदम शिवाकोटी बेस्ट स्माइल र सार्थक विमलीले बेस्ट फमेन्स अवार्ड जितेका छन् ।

प्रिजुनियरमा प्रिन्सेसतर्फ तुलसा भण्डारी ब्युटिफुल स्माइल, प्रसानाक्षी अधिकारी ब्युटिफुल पर्सनालिटी, विलाभानी भट्टराई ब्युटिफुल चार्मिङ, आर्सु घिमिरे मोस्ट हेल्दी, सियारा ढकाल लिटल कङगनालिटी र साम्राज्ञी श्रेष्ठ मोस्ट ट्यालेन्ट, मायरा खत्री बेस्ट फन्डसिप र सान्भी अग्रवाल मोस्ट क्युट अवार्ड जित्न सफल भए । प्रिन्सतर्फ भने स्वराज यादव मोस्ट ट्यालेन्ट, प्रयास घिमिरे मोस्ट एनरजेटिक, सहर्ष बाँस्कोटा मोस्ट डिसिप्लिन अवार्ड पाउन सफल भए ।
प्रतियोगितामा प्रमुख निर्णायकको रुपमा फेसन डिजाइनर आशा बानियाँ उप्रेती, समाजसेवी यशोदा उप्रेती र कलाकार शान्ति गुरुङ पाख्रिन रहेका थिए । कार्यक्रममा सन्थाल नृत्य तथा गायक सन्तोष रायमाझीको सांगीतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा इस्ट–वेस्ट रनवे पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन ग्ल्यामरस नेपालका प्रबन्ध निर्देशक आशिम ज्वयल श्रेष्ठ तथा कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठले गरेका थिए । कार्यक्रममा ३३ जना बालबालिकाको सहभागिता रहेको थियो । ग्ल्यामरस नेपालले विगत दुई दशकदेखि यस किसिमका इभेन्टहरु सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : माघ ३, २०८० बुधबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]