जेष्ठ १५, २०८२ बुधबार

झापा इनर्जीको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्ने

बिर्तामोड । झापा इनर्जीको सौर्य उर्जा परियोजनाको उद्घाटन गर्ने तयारी भएको छ । उक्त सौर्य उर्जा उत्पादन परियोजनाको माघ २३ गते उद्घाटन हुने निश्चित भएको हो । झापाको शिवसताक्षी–४ सालमारामा निर्माण भएको परियोजनाको उद्घाटनका लागि आवश्यक तयारी भइरहेको छ ।

परियोजनाको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको झापा इनर्जीका प्रवन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए । झापा इनर्जीको ८० करोड लगानीमा स्थापना भएको परियोजना १० मेगावाट क्षमताको छ ।

सोलार प्यानलमार्फत बिजुली उत्पादन गर्ने यो परियोजना पूर्वी नेपालमा एउटा रणनीतिक महत्वको व्यवसायिक योजना हो । २२ विघा क्षेत्रफलमा फैलिएको परियोजनामार्फत उत्पादन भएको बिजुली नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सवस्टेसनमा जोडिएको छ । परीक्षण उत्पादन सकेर फुलफेजमा उत्पादन सुरु भइसकेको छ ।
झापा इनर्जीको सौर्य उर्जा निजी क्षेत्रको ठुलो परियोजना हो ।

प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]