जेष्ठ १३, २०८२ सोमबार

महिलाको हत्यामा संलग्न खोज्दै प्रहरीको कुकुर महानन्द चोक पुग्यो

बिर्तामोड । झापाको अर्जुनधारा –६ महानन्द चोक पश्चिम व्याडमिन्टन कोर्ट नजिकै एक महिला मृत फेला परेपछि प्रहरीको अनुसन्धान टोलीले अनुसन्धान सुरु गरेको छ । प्रदेश कार्यालयबाट खटिएको अनुसन्धान टोलीले कुकुरको प्रयोग गरेर अनुसन्धान थालेको छ ।

महिलाको हत्या भएको हुन सक्ने आशंकाले अनुसन्धान टोली खटिएको छ । प्रहरीका अनुसार कुकुर महानन्द चोकसम्म आएको छ । अब प्रहरीले सोही अनुसार अनुसन्धान थाल्ने छ । कुकुरले एउटा ट्राक दियो, अनुसन्धानमा खटिएका प्रहरी भन्छन्– अब प्राविधिक जाँच गर्छौं ।

महिलाको टाउकोमा ढुङ्गाले हिर्काए जस्तो देखिएको छ । आज विहान फेला परेको शव बिर्तामोड ५ बस्दै आएकी माया मगरको भएको खुलेको छ । ५० वर्षीय महिलाको टाउकोमा चोट देखिएको प्रहरीको भनाई छ । घटना रहस्यमय भएपछि प्रहरीको अनुसनधान टोली आएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : माघ ८, २०८० सोमबार  ११ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]