जेष्ठ २, २०८२ बिहीबार

आज नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ ।

यसअघि भएका दुई वटा खेलमा नेपाल पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो । पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

अफगानिस्तानले पनि यसअघि भएका दुवै खेलमा हार ब्यहोरेको छ । आजको खेल जितेमा नेपाल सुपर सिक्समा पुग्ने सम्भावना छ । प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ । नेपाल प्रतियोगिताको समूह ‘डी’मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।

प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]