बैशाख २८, २०८२ आईतबार

शेखर निवास पुगे नवनिर्वाचित राष्ट्रिय सभा सदस्य सिटौला

काठमाडौं, १२ माघ । राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको भोलिपल्ट कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेता डा. शेखर कोइराला निवासमा पुगेका छन् । विराटनगरस्थित कोइराला निवासमा शुक्रबार उनी पुगेका हुन् ।

२०७४ र २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका सिटौला बिहीबार भएको राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष बन्ने दौडमा रहेका भनिएका सिटौला पार्टीका नेता कोइरालालाई भेट्न पुगेका हुन् । कांग्रेसभित्र इतर समूहको नेतृत्व लिएका कोइरालाले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार  ४ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]