जेष्ठ २, २०८२ बिहीबार

पीएम कपमा आज दुई खेल हुदै

काठमाडौं, १३ माघ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् ।

आज टियु मैदानमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुदैँछ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र गण्डकी प्रदेशबीच खेल हुदैँछ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ६ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

 

त्यसैगरी, बागमती प्रदेशले आफ्ना ८ खेलमा १० अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ८ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेका छन् ।

 

त्यस्तै, त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर चौथो स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर पाँचौं स्थानमा झरेको छ ।

त्यस्तै एपीएफ ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ७ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशले ६ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ५ खेलमा एक जित र ३ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : माघ १३, २०८० शनिबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]