जेष्ठ १३, २०८२ सोमबार

महानन्द चोकमा मृत फेला परेकी महिलाको हत्यामा सम्लग्न प्रसाईं सार्बजनिक

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका ५ की माया पुलामी मगरको हत्यामा सम्लग्न बिर्तामोड ८ का चन्द्र प्रसाद प्रसाई पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले आज पत्रकार सम्मेलन गरी प्रसाईलाई सार्वजनिक गरेको छ । बिबाह गर्न अस्वीकार गरेपछि प्रसाईले अर्जुनधारा ६  महानन्द चोक पश्चिम मगरको हत्या गरेका थिए ।

आसामबाट ०७२ मा नेपाल फर्किएका प्रसाईं बिर्तामोडको हर्कलाल मार्गमा निर्माणाधीन एक घरमा मजदुरी गर्दै आएका ब्यक्ती हुन् । छोरा बुहारीसग बिर्तामोड बस्दै आएकी मगरलाई प्रसाईले केही समयदेखि अवैध सम्बन्ध राखेको खुलेको छ ।

बिर्तामोडका डीएसपी सुरज कार्कीले निज प्रसाईलाई ७ सात दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

मादकपदार्थ सेवन गर्दै हिड्ने मगरले घटनास्थलमा आफुलाई झापड हानेपछी ढुङ्गाले हिर्काएर हत्या गरेको स्वीकार गरेका छन् ।

 

 

 

 

प्रकाशित मिति : माघ १४, २०८० आईतबार  ५ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]