बैशाख २९, २०८२ सोमबार

कृषिथोक बनाउने नेतृत्वको खाँचो

सम्पादकीय
पूर्व नेपालको ठुलो चहलपहल हुने झापाको कृषिथोक बजारमा यतिवेला चुनावी माहोल सुरु भएको छ । चुनावी माहोलले नयाँ नेतृत्वका लागि कसरत गरिरहेको छ । बिर्तामोडको कृषिथोक बजार एउटा अन्तराष्ट्रिय कृषि केन्द्रको रुपमा विकास भइरहेको बजारलाई कुनै पनि हालतमा संरक्षण र व्यवस्थित गरिन जरुरी छ । त्यसका लागि कुशल नेतृत्व खाँचो छ । कृषिथोक बजारमा समितिका लागि समिति होइन, काम गर्न सक्ने, क्षमतावान नेतृत्व चाहिएको छ । त्यसका लागि आउँदो निर्वाचनले विवेक पुराउन जरुरी छ ।

एकबेला अस्तव्यस्त रहेको कृषिथोक बजार अहिले व्यवस्थित हुदैछ । तर, जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । यहि अवस्थामा उपभोक्ताले चाहेजस्तो बजार बन्न सक्दैन । कृषिथोक बजारलाई व्यापारीको स्वार्थभन्दा बाहिर ल्याउन नसकेसम्म बजारको विकास संभव छैन । किसानलाई विभेद गर्ने बजारले व्यापारीको हित मात्रै सोचिरहेको देखिन्छ । यसैले कृषि बजारमा सर्वप्रथम किसानलाई अनुकुल रुपमा कृषि उत्पादन विक्री वितरण गर्न वातावरण बनाउनुपर्छ । त्यसको मतलव व्यापारीले व्यापार गर्न नपाउने भन्ने होइन । कृषि बजारमा व्यवसायीको जस्तै अधिकार किसानले पनि पाउनुपर्छ ।

गत वर्षसम्म फोहोरले प्रवेश गर्न कठिनाई हुने बजारमा केहि सुधार आएको छ । ढल व्यवस्थापन, वत्ति र सीसी क्यामेराको व्यवस्थापन भएको छ । चिस्यान केन्द्रको निर्माणले थप सुविधा भएको छ । कृषि बजारलाई अब नमूना बजारको रुपमा विकास गर्नुपर्छ । नमूना बजार बनाउनका लागि स्थानीय सरकारको मातहतमा ल्याउनुपर्छ । स्थानीय सरकारको मातहतमा ल्यायो भने स्थानीय सरकारले योजनावद्ध लगानी गर्न सक्छ । तर, केन्द्रकै मातहतमा राख्ने हो भने बजार नमूना बन्न सक्दैन । त्यसैले बजारलाई नमूना बनाउन सक्ने नेतृत्व अहिलेको खाँचो हो । नेतृत्व चयनको समय नजिक आइरहेकोले नक्कली प्रतिनिधिहरु ख्याल गरेर अघि बढ्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : माघ १७, २०८० बुधबार  १ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]