बैशाख २७, २०८२ शनिबार

एमाले रौतहट अधिवेसन आजदेखी, ओलीले उदघाटन गर्ने

रौतहट २५ माघ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली बिहीबार रौतहट आउने भएका छन् । नेकपा एमालेको १० औ  जिल्ला अधिवेशन उदघाटन गर्न प्रमुख अतिथि बनेर अध्यक्ष ओली रौतहट आउन लागेका हुन् ।

एमालेको १० औ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदै छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको तथा भोलिदेखि हुने जिल्ला अधिवेशनको उदघाटन गर्न अध्यक्ष केपी शर्मा ओली आउने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य उद्धब रेग्मीले जानकारी दिएका छन् ।

दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि चारजनाको नाम चर्चामा रहेको छ। अध्यक्षको लागि अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरुले बताएका छन ।

प्रकाशित मिति : माघ २५, २०८० बिहीबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]