जेष्ठ १, २०८२ बुधबार

झापा गोल्ड कप र नगर खेलकुद समितिबीच छलफल

बिर्तामोड, फागुन ६ । आसन्न छैटौँ संस्करणको झापा गोल्ड कपको सन्दर्भमा बिर्तामोड खेलकुद विकास समितिसँग छलफल भएको छ ।

गोल्ड कपको सचिवालय अतिथि सदनमा आज भएको छलफलमा प्रतियोगितालाई भव्य र सभ्य बनाउने, रंगशाला स्तरोन्नति गर्ने र खेलाडी प्रवर्धन गर्ने सहमति भएको गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
त्यस्तै, बिर्तामोड नगरपालिका, नगर खेलकुद विकास समिति तथा गोल्ड कप सबैले पहल गरेर डोमालाल राजवंशी रंगशालाको संरक्षणमा लागिपर्ने छलफलले निर्णय गरेको छ ।

छलफलमा गोल्ड कपका तर्फबाट अध्यक्ष बस्नेत, उपाध्यक्ष सुवास भट्टराई, महासचिव गजेन्द्रबहादुर पौडेल, सदस्य किरण थापा, अर्जुन चुडाल, सचिन सुब्बा, सचिवालय सदस्य केशव भट्टराईको सहभागिता रहेको थियो ।
त्यस्तै, नगर खेलकुद विकास समितिको तर्फबाट अध्यक्ष विकास गिरी, उपाध्यक्ष सन्तोष गुरुङ, सचिव विसन लिम्बू, सदस्यहरु विशाल अग्रवाल, गणेश कटवाल, बागधन राईको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]