बैशाख २७, २०८२ शनिबार

कांग्रेस महासमिति बैठकको भोलि समापन हुने

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन नेताहरूले राखेका पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल भएको छ।

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले मंगलबार प्रस्तुत भएका प्रतिवेदनमाथि महासमिति सदस्यहरूले समूह बनाएर छलफल गरेको जानकारी दिए।

बुधबार बन्दसत्रमा धारणा राख्न नपाएका महासमिति सदस्यहरूले बिहीबार धारणा राख्ने छन्। बिहीबार बिहान ८:३० बजेदेखि सबै महासमिति सदस्यहरू एउटै हलमा रहनेछन्।

सातै प्रदेशमा सभापतिहरूले समूहबाट निस्केको निषर्क राख्नेछन्। दिउँसो साढे २ बजेदेखि महासमिति बैठकको समापन समारोह हुने उनको भनाइ छ।

प्रकाशित मिति : फाल्गुन ९, २०८० बुधबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]