बैशाख २७, २०८२ शनिबार

एमालेले माग्यो तीन मन्त्रीको राजिनामा

काठमाडौं, १० माघ । नेकपा एमालेले तीनजना मन्त्रीको राजिनामा माग गरेका छन । हाल गठबन्धनको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु बिभिन्न काण्डमा मुछिएको भन्दै एमालेले तीनजना मन्त्रीको माग गरेको हो ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन ।

लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्ती गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको पन्तले बताएका छन ।

यस्तै बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्य मन्त्री बस्नेतलाइ सरकारबाट हटाउन उनले माग गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन १०, २०८० बिहीबार  ११ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]