बैशाख २९, २०८२ सोमबार

झापा गोल्ड कपः फाइनल प्रवेशका लागि चर्च ब्वाइज र झापा ११ खेल्दै

बिर्तामोड –  छैटौँ झापा गोल्ड कपअन्तर्गत आज फाइनल प्रवेशका लागि घरेलु टोली झापा ११ ले लिग लिडर चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ ।

झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेडले क्वार्टर फाइनलमा न्यु रोड टिम फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

झापा ११ ले भने एन्फा मकवानपुरलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । झापा ११ यसअघि पाँचपटकको उपविजेता टोली हो ।

लिग लिडर चर्च ब्वाइज र झापाली युवा खेलाडी समेटिएको झापा ११ पछिल्लो समय लयमा रहेकोले खेल रोमाञ्चक हुनेछ आशा गरिएको छ । झापा ११ लाई यो सिजनको झापा गोल्ड कपमा उपाधि दाबेदारका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : फाल्गुन २६, २०८० शनिबार  १ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]