बैशाख २८, २०८२ आईतबार

‘माता’ माथि अनुसन्धान होस्

सम्पादकीय
झापामा दुई दिनदेखि फैलिएको एउटा सूचनाले आम नागरिकमा भ्रम पैदा गरेको छ । बिर्तामोड –१ स्थित पञ्चकन्यामा ‘शिव भगवान’ उत्पत्ति भएको सूचनाले आम भक्तालुलाई अन्यौल बनाइरहेको छ । शिवको ठुलो मुर्ति नजिकै शिवको उत्पत्ति भएको भनिएको घटनाले जिल्लाभर कौतुहलता बढाएको छ । स्थानीय मुना आचार्यको घरमा उत्पत्ति भएको भनिएको छ । जो सो क्षेत्रमा माताको रुपमा पनि परिचित छन् । केहि समययता विरामीहरु उनलाई भेट्न आइरहेका छन् । जस्तोजुकै विरामी उपचार गर्न सक्ने भन्ने भ्रमपूर्ण अर्को सूचना पनि छ ।

सिमेन्ट वा माटोबाट बनाइएको शिवको प्रतिमा राखिएको ठाउँमा शुक्रवारदेखि पुजापाठ समेत भइरहेको छ । जहाँ शिवको सानो प्रतिमा राखिएको छ, त्यहिबाट उत्पत्ति भएको दावी गरिएको छ । विभिन्न समयमा माता भनिने मुना आचार्यले भगवान यसो भन्नु भएको छ, त्यसो भन्नु भएको छ जस्ता असाधारण धारणाहरु व्यक्त गर्दै आएको बुझिन्छ । त्यसैले उनले मुर्ती आउने भन्ने विषयपछि यसअघि नै सार्वजनिक गरिसकेकी थिइन् । एउटा साधारण मान्छेले माताको रुपमा आफुलाई प्रचार गरेर विरामी निको बनाउने, भगवान उत्पत्ति गरेको भन्दै भ्रम छर्ने काम गर्नु आम नागरिकको आँखामा छारो हाल्नु मात्र हो । जसको अब अनुसन्धान आवश्यक भएको छ ।

भगवान उत्पत्ति हुने कुरा विश्वास गर्न सकिदैन । कतै पुरिएको भगवानका मुर्तिहरु भेटिन सक्छन्, तर उत्पत्ति हुने कुरालाई विश्वास गर्न सकिदैन । यसैले मुर्तिको वास्तविकता र माताको दैविक शक्तिको परीक्षण हुन आवश्यक छ । भगवानको परीक्षण हुनै सक्दैन । एउटा माटो, सिमेन्टबाट बनाइएको भगवानको मुर्तिलाई परीक्षण नगर्दा पनि हुन्छ । त्यो त एउटा विश्वास मात्र हो । यसैले शिवको उत्पत्ति भएको सूचनापछि दर्शन गर्नेहरुको भीड लागेको छ । उत्पत्ति भएको मुर्तिमा पैसा चढाउनेको भीड बढ्दै जानु राम्रो विषय होइन । यसको तत्काल अनुसन्धान हुन आवश्यक छ । मुर्ति मात्र होइन, मातामाथि अनुसन्धान हुन जरुरी छ ।

प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]