बैशाख २९, २०८२ सोमबार

टी-२० सिरिजमा आज नेपाल र हङकङ खेल्दै

काठमाडौँ । नेपालले आज हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल खेल्दै छ ।

नेपाल, हङकङ र पिएनजीबीच हुने यस सिरिजको पहिलो खेलमा आज नेपाल र हङकङ खेल्दै छन् । यो खेल नेपाल इस्मय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदै छ ।

यस सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टिम- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा ।

यस त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेल मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने सोहि दिन दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।

मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार  ११ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]