बैशाख २९, २०८२ सोमबार

बुढासुब्बा गोल्डकपः एनआरटी फाइनलमा

धरान, १ चैत – धरानमा जारी २४ औँ बुढासुब्बा गोल्डकपको फाइनलमा न्युरोड टिम (एनआरटी) प्रवेश गरेको छ । यहाँस्थित रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा काँकडभिट्टा ट्रेनिङ सेन्टर झापालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै एनआरटीले फाइनलको यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक–एक बराबरी गोल गरेका थिए । झापाका खेलाडी फोडा फेफानेले खेलको ४३औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसको जवाफमा एनआरटीका सरोज तामाङले ४५औँ मिनेटमा गोल फर्काएर बराबरीमा पु¥याएका थिए । निर्धारित समयमा बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा एनआरटीका लागि सरोज तामाङ, सनम लिम्बू, शिशिर लेखी, जय गुरुङ र मोहित गुरुङले गोल गरेका थिए भने झापाका लागि विमल घर्ती मगर, अभिशेक गुरुङ, दिवस उराव र देवेन्द्र तामाङले मात्र गोल गर्न सफल भए । झापाका विशाल घलानको प्रहार एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले रोकेका थिए ।

आजको खेलको म्यान अफ द म्याच एनआरटीका सरोज तामाङ घोषित हुँदै नगद रू १० हजार प्राप्त गरे । शनिबार हुने फाइनल प्रतिस्पर्धामा एनआरटीले मोरङ फुटबल एसोसिएनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : चैत्र १, २०८० बिहीबार  १० : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]