असार २१, २०८२ शनिबार

विराटनगरमा एक जना स्टाफ नर्सको हत्या

विराटनगर । विराटनगरमा एक जना स्टाफ नर्सको हत्या भएको छ ।

नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सको विराटनगर–४ स्थित डेरामा हत्या भएको अवस्थामा शव फेला परेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालमा अनुसार हत्या गरेर फालेको अवस्थामा २२ वर्षीया चन्द्रिकाकुमारी दासको शव फेला परेको हो । उनी डेरा बसेको घरभित्र शव भेटिएको बरामद भएको छ ।

सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल नजिकै बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । घरको शौचालयमा दिउँसो १२ बजे उनको शव भेटिएको हो ।

धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको छ । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ । हत्यामा संलग्नको पहिचान खुल्न नसकिरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न हत्यापछि शौचालयमा शव छाडेर भागेको पाइएको डीएसपी दाहालले बताए । घटनास्थलमा पुगेर डीएसपी दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ ।

हत्यामा संलग्नको खोजी तीव्र पारिएको र पहिचानको प्रयास भइरहेको उनले बताए ।

प्रकाशित मिति : चैत्र २, २०८० शुक्रबार  ४ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]