असार २१, २०८२ शनिबार

कोशीमा एमालेले माग्यो मुख्यमन्त्री कार्कीको राजीनामा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी प्रदेश सरकार अल्पमतमा परेका कारण मुख्यमन्त्री केदार कार्कीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

शुक्रवार संसदीय पत्रकार मञ्च कोशीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले तत्काल सरकार छाड्न मुख्यमन्त्री कार्कीलाई आग्रह गरेका हुन् । उनले भने, ‘यो सरकार राजनीतिक रूपमा अल्पमतमा परेकाले नैतिकताको आधारमा राजीनामा दिन आग्रह गर्दछु ।’

प्रमुख सचेतक भण्डारीले शनिवार प्रदेशसभामा यो विषय प्रवेश गर्नेबित्तिकै सभामुखले अल्पमतमा परेको वैधानिक सूचना दिएपछि त्यो बेला मुख्यमन्त्री अप्ठ्यारोमा पर्ने अवस्था आउने बताए ।

संविधानको धारा १८८ को उपधारा १ को अवस्था आएमा अल्पमतमा परेको अवस्थामा विश्वासको मत लिनुपर्छ, त्यस्तो अवस्थामा विश्वासको मत लिन पाउँदिनँ भन्न नपाउने उनको भनाइ छ । नेपाली कांग्रेसका नेता केदार गत असोज २७ गते मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति : चैत्र ३, २०८० शनिबार  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]