असार २१, २०८२ शनिबार

दीपेश पुनलाई ८ दिन थुनामा राख्न अनुमति

काठमाडौं । सुन प्रकरण तथा सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई जिल्ला अदालत रुपेन्देहीले ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

जिल्ला अदालत रुपेन्देहीका सुचना अधिकारी अनन्तराज मरासिनीका अनुसार प्रहरीले आइतबार संगठित अपराधसम्बन्धी कसुरमा पुनलाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति पाएको हो ।

मरासिनीले भने, ‘पुन शुक्रबार पक्राउ पर्नुभएको छ । अनुसन्धान गर्न प्रहरीले आजबाट ६ दिनको म्याद पाएको हो ।’ पुनमाथि रुपन्देहीस्थित सुप्रिम सहकारी तथा बचत ऋण सहकारी संस्थाको ७८ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर भट्टकाअनुसार यस प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश भट्ट र कर्मचारी दुर्गा चापागाईं पक्राउ परेका छन् । पुनलाई शुक्रबार प्रहरीले काठमाडौंबाट पक्राउ गरी रुपन्देही लगेको थियो ।

प्रकाशित मिति : चैत्र ४, २०८० आईतबार  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]