असार २०, २०८२ शुक्रबार

नेकपा एसद्वारा महाधिवेशन सफल बनाउन १३ समिति गठन

काठमाडौँ, ५ चैत – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गते सम्म यहाँ आयोजना हुने महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १३ वटा समिति गठन गरेको छ ।

महाधिवेशन व्यवस्थापन समितिको संयोजकमा अध्यक्ष माधवकुमार नेपाल र अतिथि सत्कार समितिको संयोजकमा झलनाथ खनाललाई जिम्मेवारी दिइएको छ । प्रतिनिधि व्यवस्थापन समितिमा वेदुराम भुसाल, अर्थ परिचालनमा प्रमेश हमाल, संस्कृति तथा कला साहित्य समितिमा रामचन्द्र झा, जनपरिचालन तथा यातायात समितिमा विजय पौडेल, प्रचार– प्रसार समितिमा जगन्नाथ खतिवडा, र स्वास्थ्य समितिको जिम्मेवारी नागेन्द्र चौधरीलाई दिइएको पार्टी सचिव जीवनराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

यसैगरी, आवास व्यवस्थापन समितिमा सावित्रा भुसाल, खाद्य व्यवस्थापनमा केदार सञ्जेल, मञ्च व्यवस्थापनमा गङ्गालाल तुलाधर, स्वयंसेवक परिचालनमा केशवबहादुर विष्ट र सचिवालय व्यवस्थापनमा घनश्याम भुसाललाई संयोजक तोकिएको छ । पार्टी अध्यक्ष नेपाल संयोजक रहेको महाधिवेशन व्यवस्थापन मूल समितिमा केन्द्रीय समिति र आयोगका सबै पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : चैत्र ५, २०८० सोमबार  ६ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]