असार २०, २०८२ शुक्रबार

महरालाई सीआईबी पुर्याइयो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको पु¥याइएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा रुपन्देहीबाट परेका महरालाई आजै काठमाडौं ल्याएर अहिले सीआईबी पु¥याइएको हो ।

पूर्व सभामुख पूर्व सभामुख समेत रहेका महरालाई यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

उनले गृह सचिवसहित प्रहरी उच्च अधिकृतलाई पनि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको हो । एउटै घटनामा छोरा राहुल पक्राउ परेको झन्डै ७ महिनापछि माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व सभामुखसमेत रहेका महरालाई सोमबार पक्राउ गरेको हो।

यसअघि महराका छोरा राहुल गत भदौ १३ गते पक्राउ परेका थिए। इलेक्ट्रिक सिगरेटमा लुकाइ ल्याएको सुन छुटाउन महरा बाबु छोराले विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई दबाब दिएको पाइएको थियो।

सीआईबीले सुरुमा उनीहरूलाई अनुसन्धानमा ल्याउन आनाकानी गरेको थियो। तर भन्सारमा रोकिएको भेप छुटाउन लगातार फोन गरेको बाहिर आएपछि राहुल भने पक्राउ परेका थिए।

कृष्णबहादुर महरालाई भने छुन सकेको थिएन। सुन तस्करी जाँचबुझ गर्न गठित आयोगले कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि उनी पक्राउ परेका हुन्।

महरा यसअघि सभामुख रहेकै बेला जबरजस्ती करणी उद्योगमा पक्राउ परेका थिए। पुर्पक्षका लागि थुनामा गएका महरालाई भने जिल्ला अदालतले सफाइ दिएको थियो।

बाबाछोरा नै हिरासतमा पुगेको नमिठो संयोग यसअघि माओवादीकै नेता टोपबहादुर रायमाझीको पनि छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझी पनि पक्राउ परेर हिरासतमा छन् ।

एउटै घटनामा छोरा राहुल पक्राउ परेको झन्डै ७ महिनापछि माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व सभामुखसमेत रहेका महरालाई सोमबार पक्राउ गरेको हो।

यसअघि महराका छोरा राहुल गत भदौ १३ गते पक्राउ परेका थिए। इलेक्ट्रिक सिगरेटमा लुकाइ ल्याएको सुन छुटाउन महरा बाबु छोराले विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई दबाब दिएको पाइएको थियो।

सीआईबीले सुरुमा उनीहरूलाई अनुसन्धानमा ल्याउन आनाकानी गरेको थियो। तर भन्सारमा रोकिएको भेप छुटाउन लगातार फोन गरेको बाहिर आएपछि राहुल भने पक्राउ परेका थिए।

कृष्णबहादुर महरालाई भने छुन सकेको थिएन। सुन तस्करी जाँचबुझ गर्न गठित आयोगले कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि उनी पक्राउ परेका हुन्।

महरा यसअघि सभामुख रहेकै बेला जबरजस्ती करणी उद्योगमा पक्राउ परेका थिए। पुर्पक्षका लागि थुनामा गएका महरालाई भने जिल्ला अदालतले सफाइ दिएको थियो।

बाबाछोरा नै हिरासतमा पुगेको नमिठो संयोग यसअघि माओवादीकै नेता टोपबहादुर रायमाझीको पनि छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझी पनि पक्राउ परेर हिरासतमा छन् ।

 

प्रकाशित मिति : चैत्र ५, २०८० सोमबार  १२ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]