असार २०, २०८२ शुक्रबार

पूर्ण टुङ्ग आर्दश नागरिक सम्मान २०८० महजोडीलाई

झापा । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले यस वर्षदेखि राष्ट्रिय स्तरको सम्मान बितरण गर्ने भएको छ । बिर्तामोडस्थित ग्रिण्ड फिल्ड वल्र्ड स्कूलको अडिटोरियममा सोमवार भएको पत्रकार सम्मेलनमा पूर्ण टुङ्ग आर्दश नागरिक सम्मान -२०८० राष्ट्रिय प्रतिभा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई संयुक्त रुपमा प्रदान गरिने जानकारी दिइएको छ ।

प्रतिष्ठानका अध्यक्ष गोपाल कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले आफ्ना पिता टुङ्ग बहादुर बस्नेतको इच्छा अनुसार पूर्ण टुङ्ग अक्षयकोष मार्फत एक लाख ११२ हजार १ सय ११ रुपैयाँ नगद सहित पूर्ण टुङ्ग आर्दश नागरिक सम्मान सर्मपण गरिने जानकारी दिए ।

आफ्नी आमा पूर्ण कुमारी समेतको स्मृतिमा स्थापित अक्षयकोषबाट जय नेपाल प्रतिष्ठान मार्फत यही चैत ७ गते सो सम्मान बितरण गरिने छ । भारतीय नाट्यकर्मी सीके श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच महजोडीलाई सो सम्मान प्रदान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भारतको दार्जिलिङ जिल्ला कालेङ्पोङ्गका स्थायी बासिन्दा श्रेष्ठ नाट्य कलाकार, नाटककार, कवि , गीतकार, राजनेता, राजनीतिक चिन्तक र कुशल संठगक हुन् । पत्रकारिता र साहित्यका क्षेत्रका समेत स्थापित श्रेष्ठ भारत र नेपालका अनेक सम्मानबाट सम्मानित भइसकेका छन् ।

कार्यक्रममा पूर्ण टुङ्ग अक्षयकोषका संस्थापक समदस्य जितेन्द्र बस्नेतले अक्षयकोषका बारेमा जानकारी दिँदै आफ्ना पिताले जीवनकाल मै लोक कल्याणका निमित्त कोष स्थापना गरिदिएको बताएका थिए ।
प्रतिष्ठाका उपाध्यक्ष राजकुमार पोखरेलले सहजीकरण गरेको कार्यक्रममा सञ्चाकर्मीहरुले विभिन्न जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : चैत्र ५, २०८० सोमबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]