पोखराको काहुँडाँडामा भीषण आगलागी
कास्की – पोखराको काहुँडाँडामा भीषण आगलागी भएको छ । सोमबार राति करिब ९ बजेतिर काहुँडाँडामा भीषण आगलागी भएको हो ।
आगो नियन्त्रणको प्रयास जारी छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको टोली निरन्तर खटिरहेको छ । आगलागी बस्ती नजिकै भएको प्रहरीले जनाएको छ ।