जेष्ठ ९, २०८२ बिहीबार

१५ दिनभित्र आफूले रोजेको सङ्गठनमा जान एमालेको निर्देशन

विराटनगर । नेकपा एमाले कोशी प्रदेशले एउटै व्यक्ति एक भन्दा बढी जनसङ्गठनमा बस्न नपाउने निर्णय गरेको छ । यस अघि नै निर्णय भई निर्देशन दिइएको भए पनि निर्देशन नमानेकाले कडाइ गरेको हो ।

कोशी प्रदेश कमिटीको बैठकले कुनै पनि व्यक्ति एकभन्दा बढी जनवर्गीय सङ्गठनमा रहन नसक्ने भन्दै १५ दिनभित्र आफूले रोजेको सङ्गठनमा जाने निर्देशन समेत दिएको छ ।

कमिटी पछि पठाइएको अन्तर पाटी निर्देशनमा भनिएको छ, ‘अझै पनि एक व्यक्ति एक भन्दा बढी जन वर्गीय सङ्गठनमा रहेको थुप्रै ठाउँमा सप्रमाण देखिएकोले १५ दिन भित्र आफूले रोजेको एक जनसङ्गठनमा मात्र रहेको जानकारी सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीमा पठाउनु होला ।’

यसअघि पनि केन्द्रीय कमिटीको निर्देशन अनुसार एक व्यक्ति एउटा मात्रै जनसङ्गठनमा बस्नुपर्ने जानकारी गराइए पनि त्यो निर्देशन कार्यान्वयन नभएको भन्दै कडाइ गरिएको प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले बताए ।
एक व्यक्ति दुई वा सो भन्दा बढी जन वर्गीय सङ्गठनमा रहेको भए एक महिनाभित्र आफूले रोजेर एक जन वर्गीय सङ्गठनमा रहने भनिएको लामो समय भए पनि कार्यान्वयन नभएकोले १५ दिनको समय दिएर पुनः निर्देशन गरिएको उनले जानकारी दिए । निर्देशन पालना नगर्ने वा अटेर गर्नेहरूको हकमा प्रदेश कमिटीले आवश्यक निर्णय लिने समेत उनले चेतावनी दिए ।

प्रकाशित मिति : चैत्र १०, २०८० शनिबार  ११ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]