असार १८, २०८२ बुधबार

२३ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

बिर्तामोड। नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २३ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै हाजिर हुन नआएका २३ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । आफूखुसी गैर हाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।

सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित हुन भनेको छ । उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।

प्रकाशित मिति : चैत्र १३, २०८० मंगलबार  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]