पत्रकार निरौलालाई मातृशोक
बिर्तामोड । प्रेस चौतारी कोशी प्रदेश कमिटी सदस्य राम निरौलालाई मातृशोक परेको छ । निरौलाको ममतामयी माता हेमकला निरौलाको शनिबार बिहान साढे ९ बजे कनकाई वडा नम्बर– ७ स्थित निजी निवासमा ७० वर्षको उमेरमा निधन भएको हो ।
निरौला करिब १ वर्ष अघि देखि नै विभिन्न प्रकारका रोगबाट ग्रसित हुनुहुन्थ्यो । निरौलाको शनिबार साँझ कनकाई कार्यघाटमा दाहसंस्कार गरिएको छ । स्व.हेमकलाका पति टिकाराम निरौला, एक छोरा राम निरौला र सात जना छोरी रहेका छन् ।
स्व. हेमकला मेचीनगर प्रेस क्लवका अध्यक्ष डम्बर बरालको सासुआमा हुन् । स्व.निरौलाको छोरा राम निरौला सुरुंगा प्रेस क्लवका अध्यक्ष एवम् कनकाई खबर अनलाइन पत्रिकाका सम्पादक हुन् ।