असार १६, २०८२ सोमबार

भद्रपुरमा अधिकांश उजुरी मेलमिलापबाटै समाधान

भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा न्यायिक समितिमा परेका उजुरीमध्ये ८५ प्रतिशत मेलमिलापका माध्यमबाट निरुपण भएका छन् । चालु आर्थिक वर्ष २०८०-८१ को हालसम्ममा समाधान भएका ४७ मध्ये ४० उजुरीको मेलमिलापका माध्यमबाट गरिएको न्यायिक समितिले जनाएको छ ।

समितिका संयोजक एवं भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीले विवाद समाधान भएका ४७ उजुरीमध्ये ४० वटाको मेलमिलापका माध्यमबाट समाधान गरिएको जानकारी दिइन् । “नगरपालिकामा जग्गा मिचेको, पतिपत्नीबीचको झगडा, ज्याला मजदुरी नदिएकोलगायत विषयमा प्रमुखरुपमा उजुरी आउने गरेका छन्”, उनले भनिन् । उनले उजुरी परिसकेपछि दुवै पक्षलाई जितको महसुस हुनेगरी एकआपसमा समझदारी कायम गरी खुसी बनाएर पठाउने गरिएको बताइन् ।

चालु आवमा दर्ता भएका ६७ उजुरीमध्ये ४७ वटाको निर्णय तथा मेलमिलापका माध्यमबाट विवाद समाधान गरिएको नगरपालिकाले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ (१) मा विभिन्न १३ वटा विवादको निरुपण गर्ने अधिकार र दफा ४७(२) मा विभिन्न ११ वटा विवादमा मेलमिलापका माध्यमबाट मात्र विवादको निरुपण गर्ने अधिकारको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : चैत्र १८, २०८० आईतबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]