असार १६, २०८२ सोमबार

काँकडभिट्टाबाट २ लाख ७० हजारको अवैध सामान बरामत

बिर्तामोड । काँकरभिट्टा प्रहरीले भारतबाट अवैध रुपमा भित्राएको २ लाख ७० हजार २ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ ।

आइतवार मेचीनगर नगरपालिका वडा नं. ६ स्थित एरिया हुदैं भारत देखि नेपाल तर्फ अवैध रुपमा भन्सार छलि लुकाई छिपाई ल्याउदै गरेको ल्याएका सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको छ ।

प्रहरीले २० हजारको भाडा बर्तन, २ लाख ३५ हजार २ सय रुपैयाँको टेन्टको कपडा, झल्लर र १५ हजार बराबरको प्लाष्टिकको फुल बरामत गरिएको प्रहरी प्रवक्ता महेन्द्र पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]