बिर्तामोड प्रहरीद्वारा वेवारिसे सामान बरामत
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले वेवारिसे अवस्थामा फेला पारेको सामान मेची भन्सारलाई बुझाएको छ । आइतवार विभिन्न स्थानबाट फेला पारेको भनिएको ९६ हजार ९ सय ९० रुपैयाँ बराबरको अवैध सामान आवश्यक कारबाहीको लागि भन्सार पठाइएको बताइएको छ ।
भन्सार छलेर ल्याएको सामान आइतवार दिउँसो बिर्तामोड प्रहरी बरामत गरेको हो । सामान ल्याउने व्यक्ति नखुलाई प्रहरीले वेवारिसे अवस्थामा फेला पारेको जनाएको हो । लेडिज कुर्था ४२ पिस, बच्चाको टि– सर्ट ६ पिस, कुर्था सुरुवाल २० पिस, सुवाल १४ पिस,रेडबुल –५ काटुन, चक्लेट –१७ बट्टा,जेली चकलेट ४५ बट्टा, मिल्क चकलेट २९ बट्टा, लेडिज जुत्ता १२ जोर, बच्चाको जुत्ता ८ जोर, मकै चक्लेट ८ प्याकेट, पापड ४६ प्याकेट, गुलावजाबुन–५ काटुन, सेतो मिश्री २३ किलोग्रम, नरिवाल ६० के.जी., लाबादसाह चक्लेट ५३ प्याकेट र रिङ १० वटा लगायतका सामग्री प्रहरीले फेला पारेको थियो ।