असार १४, २०८२ शनिबार

बिर्तामोडबाट चार सयको श्रम स्वीकृति

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाबाट ४ सय जना भन्दा बढीले श्रम स्वीकृति लिएका छन् । बिर्तामोड नगरपालिकाको रोजगार शाखाले जनाए अनुसार ४ सय बढीले श्रम स्वीकृति लिएका हुन् ।

०८० बैशाखबाट नगरपालिकाले श्रम स्वीकृति दिन थालेको रोजगार संयोजक होमनाथ भट्टराईले जानकारी दिए । उनका अनुसार स्थानीय तहबाटै श्रम गर्न थालेपछि नागरिकलाई सुविधा प्राप्त भएको छ । श्रम गर्न विराटनगर वा काठमाडौं नै जानुपर्ने बाध्यता हटेको संयोजक भट्टराईले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जानेहरुले श्रम गर्दा धेरै हैरानी समेत व्यहोर्दै आएका छन् । स्थानीय तहबाट श्रम हुने सूचना नपाएका सर्वसाधारण नागरिकले अझै पनि साइबर धाइरहेको भट्टराईको भनाई छ । उनले श्रम गर्न कुनै पनि दलालीसम्म नजान आग्रह गरेका छन् । स्थानीयबाट सहजै श्रम गर्न सकिन्छ, उनले थपे । १८ वर्षमाथि ६४ वर्षसम्मका नागरिकले श्रम स्वीकृति गर्दा बढीमा ७ हजार ५ सय रुपैयाँसम्म शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : चैत्र २७, २०८० मंगलबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]