असार १४, २०८२ शनिबार

कांग्रेस कोशीको प्रमुख सचेतकमा गोपाल तामाङ नियुक्त

बिर्तामोड । नेपाली कांग्रेसले कोशी प्रदेशसभामा गोपाल तामाङलाई प्रमुख सचेतक चयन गरेको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम तामाङलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) बमोजिम उनलाई प्रमुख सचेतक चयन गरेको थापाले बताए । उनी झापा क्षेत्र नम्बर १ को प्रदेशसभा (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यसअघि संसदीय दलका प्रमुख सचेतक रहेका भूपेन्द्र राईले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : चैत्र २७, २०८० मंगलबार  ११ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]