असार ९, २०८२ सोमबार

भद्रपुर विमानस्थलबाट चाँदीसहित एक भारतीय महिला पक्राउ

झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरिङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रबार साँझ ६ बजेको समयमा बुद्ध एयरको विमानबाट काठमाडौँ जान लागेकी छिरिङको झोला प्रहरीले चेकजाँच गर्दा लुकाइछिपाई राखेको २ किलो ५ ग्राम चाँदीको दुई थान डल्लो र २८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको थियो । अवैध चाँदीसहित पक्राउ परेकी महिलालाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी चन्दले बताए ।

प्रकाशित मिति : बैशाख २९, २०८१ शनिबार  ६ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]