असार ९, २०८२ सोमबार

शिवसताक्षीमा मेयर कप सुरु : वडा नं. १ लाई हराउँदै ११ विजयी

शिवसताक्षी । झापाको शिवसताक्षीमा मेयर कप सुरु भएको छ । शिवसताक्षी नगरपालिका झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आइतवारबाट मेयर कप सरु भएको हो ।

मेयर कपको औपचारिक उद्घाटन भने सोमबार गरिने नगर खेलकुद विकास समितिले जनाएको छ । दिनभर झरी परेका कारण खेलको औपचारिक उद्घाटन सोमवारलाई सारिएको हो ।

प्रतियोगिताको उद्घाटन सारिए पनि खेल तालिका अनुसार प्रतियोगिताको पहिलो खेल शिवसताक्षी नगरपालिका वडा नं. १ र ११ बीच भएको छ ।

प्रतियोगितामा वडा नं. १ लाई ३ – १ गोल अन्तरले हराउँदै वडा नं. ११ विजयी भएको छ । खेलको ३० औं मिनेटमा वडा नं. ११ का आकाश पौडेलले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ३३ औं मिनेटमा वडा नं. १ का तर्फबाट नुवा सेवाले गोल गरेपछि खेल बराबरीमा रहेको थियो ।

त्यसैगरी खेलको ५० औं मिनेटमा वडा ११ का निरोज श्रेष्ठ र ५७ औं मिनेटमा निकेश श्रेष्ठले १- १ गोल गरेपछि वडा नं. ११ गोल अन्तर बढाउँदै विजयी भएको हो । खेलको म्यान अफदी म्याच वडा नं. ११ का आकाश पौडेल घोषित भए । उनले नगद सहित ट्रफी प्राप्त गरे । भोलि सोमबार दुई खेल हुने आयोजकले जनाएको छ । जसमा वडा नं. ६ र १० त्यस्तै गरी वडा नं. ३ र वडा नं. ५ बीच हुने छ । आज शिवसताक्षी नगरप्रमुख मेगाहाङ्ग थोप्राले खेलाडीलाई बल हस्तान्तरण गरेर खेल सुरु भएको थियो ।

नगर खेलकुद विकास समितिले आज हुने भलिबल, क्रिकेट खेल झरी परेका कारण भोलीबाट हुने जनाएको छ ।
प्रतियोगिताको फुटबल तर्फ प्रथमले ७० हजार, द्वितीयले ५० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै भलिबल र तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार, क्रिकेट खेल तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार र व्याडमिन्ट डबलतर्फ प्रथम १० हजार, द्वितीयले ६ हजार र सिंगल तर्फ प्रथम ५ हजार र द्वितीयले ३ हजार सहित ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी खेलकुद विकास समितिले जनाएको छ ।

 

प्रकाशित मिति : बैशाख ३०, २०८१ आईतबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]