बैशाख २२, २०८२ सोमबार

बिर्तामोड नगर अस्पतालका नर्सलाई वीरता जेसीजको सम्मान

बिर्तामोड । वीरता जेसीजले बिर्तामोड नगर अस्पतालमा कार्यरत नर्सहरुलाई सम्मान गरेको छ । ५० औं अन्तराष्ट्रिय नर्स दिवसको अवसर पारेर नर्सहरुलाई सम्मान गरेको वीरता जेसीजका महासचिव सुमन पौद्दारले जानकारी दिए ।

आइतवार एक कार्यक्रमको आयोजना गरी ५० औं अन्तराष्ट्रिय दिवस मनाइएको हो । सो अवसरमा नगर अस्पतालमा कार्यरत नर्स गंगा उप्रेतीलाई नगद १० हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको थियो ।

वीरता जेसीजका अध्यक्ष विकास बस्नेतको अध्यक्षता, चिकित्सक संघ झापाका अध्यक्ष डा.सीपी यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर अस्पतालका मेसु डा. सुनिल अधिकारी, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी, पूर्व अध्यक्ष मिजास पोखरेल लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै, वीरता जेसीजले चलचित्र निर्देशक नविन सुब्बासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कलाकार विल्सनविक्रम राईको प्रमुख आतिथ्यतामा आइतवार सिपि होटलमा अन्तरक्रिया सम्पन्न भएको हो ।

प्रकाशित मिति : बैशाख ३१, २०८१ सोमबार  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]