बैशाख २४, २०८२ बुधबार

शिवसताक्षीमा मेयर कपः वडा नं. ३ र १० विजयी

शिवसताक्षी । झापाको शिवसताक्षी मेयर कप अन्तर्गत सोमबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ३ र वडा नं. १० विजयी भएका छन् ।

वडा नं. ५ लाई ३–० गोल अन्तरले हराउँदै वडा नं. ३ विजयी भएको छ भने, वडा नं. ६ लाई ५–० गोल अन्तरले हराउँदै वडा नं. १० विजयी भएको नगर खेलकुद विकास समितिका संयोजक सुरज रिङ्गालुङले जानकारी दिए ।

त्यस्तै आजै भएको क्रिकेट प्रतियोगितामा वडा नं. ३ लाई हराउँदै वडा नं. ८ विजयी भएको छ । वडा नं. ८ ले १५ ओभरमा ३०८ रनको तारगेट दिएको थियो । तर वडा नं. ३ भने ५६ रनमा सिमित हुन पुग्यो । वडा नं. ८ का खेलाडी विजय घिमिरेले ४७ बलमा १७६ रन बनाउन सफल भएका थिए ।

प्रतियोगिता हिजोबाट सुरु भएपनि आज औपचारीक उद्घाटन गरिएको छ । उद्घाटनका क्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिवसताक्षीलाई खेलको हवका रुपमा विकास गर्न वडाबाटै खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्म खेलाडी शिवसताक्षीको प्रतिनिधित्व गर्ने गरी काम सुरु गरिएको बताए ।

उनले शिवसताक्षीबाट अहिले पनि २ जना राष्ट्रिय टिममा समावेश पाएको जानकारी दिए । उनले नगरका सबै वडाका खेलाडीहरुलाई अनुशासित र मर्यादित भएर खेल खेल्ल सुझाएका थिए ।

प्रतियोगितामा शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङ्गहाङ, योजना अधिकृत प्रकाश चौधरी, वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भोलि मंगलबारको पहिलो खेल शिवसताक्षी भेट्रान र वडा नं. २ बीच र दोस्रो खेल वडा नं. ४ र वडा नं. ८ बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ७० हजार, द्वितीयले ५० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै भलिबल र तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार, क्रिकेट खेल तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार र व्याडमिन्ट डबलतर्फ प्रथम १० हजार, द्वितीयले ६ हजार र सिंगल तर्फ प्रथम ५ हजार र द्वितीयले ३ हजार सहित ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी खेलकुद विकास समितिले जनाएको छ।

 

प्रकाशित मिति : बैशाख ३१, २०८१ सोमबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]