असार ९, २०८२ सोमबार

सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले आज बस्ने संसदको संयुक्त बैठकमा अपराहन्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमनै अन्योलमा परेको छ ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसदमा अवरोध गरिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०८१ मंगलबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]