असार ९, २०८२ सोमबार

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं  । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार ओडविरुद्ध उनकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा कञ्चनपुर प्रहरीले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि ओडले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ ४, २०८१ शुक्रबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]