बैशाख २४, २०८२ बुधबार

ताप्लेजुङ – झापा सरोकार समाज अर्जुनधाराद्वारा सहयोग प्रदान

शनिश्चरे । ताप्लेजुङ – झापा सरोकार समाज अर्जुनधारा नगर तदर्थ समितिले एक कार्यक्रमका बीच अर्जुनधारा ५ का बलराम दाहाललाई एक लाख रुपैयाँ नगद राहत प्रदान गरिएको छ ।

दाहालको सिटी सफारी हराएको थियो । सरोकार समाजद्वारा शनिबार अर्जुनधारा जलेश्वरधाम मार्ग स्थित कार्यालयमा आयोजित सम्मान तथा परिचयात्मक कार्यक्रममा सिटी धनी दाहाललाई राहत प्रदान गरिएको हो । दाहाल संस्थाको साधारण सदस्य हुन् ।

उनको मे .१ –०० –२ ह .२७४७ नम्बरको सिटी गत चैत २७ गते राति घरबाट चोरी भई हराएको पीडित सिटी धनीका छोरा देवेन्द्र दाहाल बताउँछन् । त्यसैबीच अर्जुनधारा नगरपालिका – ८ निवासी अशक्त अपाङ्ग महिला तथा साधारण सदस्य पुनम कटुवाललाई नगद दश हजार पाँच सय रुपैयाँ सहित खादा पहिराएर सम्मान गरिएको थियो ।

तदर्थ समितिका अध्यक्ष भिमचन्द्र भट्टराईको सभापतित्व तथा सचिव यज्ञप्रसाद सिटौलाले संचालन रहेको कार्यक्रममा ताप्लेजुङ – झापा सरोकार समाज जिल्ला समितिका सल्लाहकार कमल गुरागाई ,नगर समितिका उपाध्यक्ष सूर्य प्रसाद अधिकारी लगायतले बोलेका थिए । यही जेठ २६ गते संस्थाको नगर स्तरीय हुन गइरहेको साधारणसभाबाट नयाँ कार्य समिति चयन गरिने अध्यक्ष भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ६, २०८१ आईतबार  ११ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]