बिर्तामोडमा किरा परेको अवस्थामा भेटियो पुरुषको शव
बिर्तामोड । झापाको बिर्तामोडमा किरापरेको अवस्थामा एक जना पुरुषको सडिएको शव भेटिएको छ ।
बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको उत्तर हिरो मोटरसाइकल सोरुमको पूर्वपट्टि झाडीमा सडेगलेकोको अवस्थामा शव भेटिएको हो ।
आज बिहान अन्दाजी ११ बजे प्रहरीले शवबारे जानकारी पाएपछि घटनास्थल पुगेको थियो । कवाडीजन्य सामग्री संकलन गर्दै सोही ठाउँमा बस्दै आएका पुरुषको शव भएको हुन सक्ने अनुमान गरिएको छ ।
अनारमनी प्रहरी घटनास्थलमा पुगेर शवलाई पोको पारेर पोस्टमार्टम गर्न लैजाने तयारीमा छ । शव सडेगलेकोले पहिचान भइनसकेको तथा घटनाबारे थप अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।